गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ६ गते १७:००
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

पोखरा  : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले गत २ गते राती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए । तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संवैधानिक व्यवस्थाअनुसार विशेष अधिवेशनको माग गरे ।

सोही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आगामी १३ गते विशेष अधिवेशन डाक्न सिफारिस गरेका हुन् ।  कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चाले बैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएर गुरुङले राति नै हतारमा अधिवेशन स्थगित गर्न सिफारिस गरेका थिए ।

प्रकाशित : २०७८ वैशाख ६ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI