मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ७ गते ७:१९
मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना

अपरान्ह पछि देशको  पश्चिमी  भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ । देशको उच्च  पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

बिहिबार देशभर आंशिक देखि सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

प्रकाशित : २०७८ वैशाख ७ गते ७:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI