नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरियतामा माथि उक्लियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ७ गते १३:०५
नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरियतामा माथि उक्लियो

नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरियतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलीपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरियतामा नेपालमाथि उक्लेको हो ।
आईसीसीको नयाँ वरियताक्रममा नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपालसँग हार बेहोरेको नेदरल्याण्ड्सको वरियतामा कुनै फरक परेको छैन् । नयाँ वरियतामा समेत ऊ १७ औं स्थानमा नै छ । नेपालले नयाँ वरियतामा स्कटल्याण्डलाई उछिनेको हो ।
यसअघि १४ औं स्थानमा रहेको पपुवान्यूगिनी १६ औं स्थानमा पुगेको हो । त्रिकोणात्मक श्रृखंला खेल्नुअघि ३१ औं स्थानमा रहेको मलेसिया भने ३१ औं स्थानमा यथावत छ ।
नयाँ वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा अष्ट्रेलिया छ । पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भने चौथो, पाँचौं र छैठौं स्थानमा छ । अफगानिस्तान भने टेष्ट मान्यता प्राप्त वेष्टइन्डिज, श्रीलङ्का र बङ्गलादेशभन्दा माथि सातौं स्थानमा छ । आयरल्याण्ड ११ औं, जिम्बाबवे १२ औं र यूएई १३ औं स्थानमा छ ।

प्रकाशित : २०७८ वैशाख ७ गते १३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI