टि-टवान्टी क्रिकेटमा दिपेन्द्रको पहिलो अर्धशतक

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ७ गते १४:४०
टि-टवान्टी क्रिकेटमा दिपेन्द्रको पहिलो अर्धशतक

काठमाडौं । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

१६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका उनी ६० रन बनाएर आउट भएका हुन् । उनी आउट भएसँगै खेलमा ४ विकेट गुमाएको छ ।

यसअघि ओपनर कुशल भुर्तेलले ६२ रन जोडेर आउट भएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए भने ओपनर आशिफ शेख शून्यमा आउट भएका थिए ।

प्रकाशित : २०७८ वैशाख ७ गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI