No ads found for this position

कस्तो रहनेछ आजको मौसम ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते ७:३४
No ads found for this position
कस्तो रहनेछ आजको मौसम ?
No ads found for this position

हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

बिहिबार देशभर आँशिक देखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ वैशाख ८ गते ७:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI