२४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते १७:०४

काठमाडौं – नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्। हाल ८६ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७८ वैशाख ८ गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI