अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानका मुर्ति स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते १८:०३
अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानका मुर्ति स्थापना

चितवन  : प्रस्तावित अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानका मुर्ति स्थापना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरेपछि ल्याइएका राम, सीता, लक्षमण र हनुमानको मूर्ति आज रामनवमीको अबसरमा माडीको अयोध्यापुरीमा स्थापना मुर्ति  गरिएको हो ।

भगवानका मुर्ति र शोभा यात्रामा काठमाण्डौँदेखि माडी आएका अतिथिलगायत सहभागीहरु माडीमा भव्य स्वागत पछि औपचारिक कार्यक्रमकाबिच परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिएको हो । माडी नगरबासीसहित जिल्लाभरबाट आम भक्तजनहरु र धार्मिक व्यक्तिहरुको अयोध्यापुरीमा उल्लेखिय उपस्थिति रहेको छ ।

उक्त कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, पर्यटन मन्त्री भानुभक्त ढकाल,प्रदेश ३ र २ का प्रमुखको बिशेष सहभागिता रहेको थियो । आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट माडी ल्याईएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ पर्यटनमन्त्री ढकालले आजको रामनवमीका अबसरमा गरिएको मुर्ति स्थापनाले देशमा मात्र नभई अन्तराट्रियस्तरमै भगवान राम नेपालमा जन्म्एिको सन्देश दिएको र धार्मिक प्रमाणहरुले पनि रामजन्म्भुमि माडी नै रहेको प्रमाण रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्ती केपि शर्मा ओलीले माडीलाई माणि बनाउन गर्नुभएको उद्घोष आज सिद्ध भएको अबबाट माडीको छुट्टै पहिचान बनेको जिकिर गर्नुभयो । यस्तै उहाँले अयोध्ययाधामलाई थप बिकास गर्दै लगिने तर यस्को संरक्षण र प्रर्बद्धनमा माडीबासीको बिशेष भुमिका हुने बताउनुभयो । गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो ।

प्रकाशित : २०७८ वैशाख ८ गते १८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI