मुम्बईको नासिकमा अक्सिजन टयाङ्क चुहिदा २२ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते १८:०७
मुम्बईको नासिकमा अक्सिजन टयाङ्क चुहिदा २२ को मृत्यु

बैशाख ८ गते । भारतको मुम्बई शहरको नासिक जिल्लास्थित एक अस्पतालमा अक्सिजन टयाङ्कर चुहिदा २२ जनाको मृत्यु भएको छ । डाक्टर जाकिर हुस्सैन अस्पतालमा उक्त दुर्घटना भएको हो ।
जाकिर हुस्सैन अस्पतालमा अक्सिजनको टयाङ्कर भर्ने क्रममा एक टयाङ्कर चुहिन गएको हो । महाराष्ट्र राज्यका स्वास्थ्य मन्त्री राजेश टोपेले भारतीय सञ्चारमाध्यमहरुसँगको कुराकानीमा भेन्टिलेटरमा राखिएका केही बिरामीको अक्सिजनको चाप घटेपछि मृत्यु भएको बताउनुभएको छ ।
भारतमा दैनिक थपिने सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । कोभिडका कुल सङ्क्रमितको दश प्रतिशतलाई अक्सिजन आवश्यक पर्छ । अधिकांश राज्यमा अक्सिजनको अभाब देखिएको छ ।

प्रकाशित : २०७८ वैशाख ८ गते १८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI