उच्च मनोवलका रबिन्द्र दाई।

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ८ गते २०:१४

-श्रीधर लामिछाने

          यो संसारमा सानो दु:ख पनि सहन गर्न नसक्ने पनि मान्छे हुन्छन। सानो घाउ चोट लाग्दा नै मरेनी सक्किएनी भन्ने पनि हुन्छन्। सानो समस्या लाइ पनि ठुलो बनाएर प्रस्तुत गर्ने पनि हुन्छन। अनि जस्तोसुकै आपतविपत पर्दा पनि नआत्तिने, ठुलै चोट भए पनि सामान्य ढंगले लिने। ठुलो­-ठुलो समस्या परे पनि केहि भएको छैन जसरी प्रस्तुत हुने। शान्त स्वभावका। निर्धक्क संग मुकाविला गर्न सक्ने पनि हुन्छन मानिस। मैले पनि एकजना मेरा, उमेरले एकजना दाइ हुनुहुन्छ। त्यो भन्दा बढी अहिले सम्म प्रत्यक्ष नभेटेको भए पनि मन मिल्ने हितैषी आत्मा हुनुहुन्छ उहाँ।

नरम स्वभाव र मिठो व्यवहारका धनी, उहाँको नाम हो रबिन्द्र भक्त श्रेष्ठ। उहाँमा जस्तो उत्साह र मनोबल हुने धेरै होलान तर मलाई उहाँमा पनि अदम्य शाहस, जोश र जाँगर लुकेको देख्छु म। आफ्नो समस्या केहि होइन भन्ने जसरी व्यवहार गर्नुहुन्छ। उहाँको त्यो हँसिलो मुहार देख्दै अनुकरणीय लाग्छ मलाई त। मैले कुरा गर्दै गरेको रविन्द्र दाइ धनकुटामा जन्मनु भएको हो अहिले भन्दा ७१ वर्ष पहिले। जन्म धनकुटामा भएपनि पछिल्लो अवधिमा अमेरिका आउनु भन्दा अघि सम्म उहाँ काठमाडौँमा नै हुनुहुन्थ्यो। त्यसो त धनकुटा पनि उहाँ त्यति नै मन पराउनुहुन्छ र आफना इष्ट मित्र साथीभाइ संग सम्बन्ध उत्तिकै ताजा राख्नुहुन्छ। राखिरहनु भएको छ पनि।छोरा बुहारी संगै बस्दै आउनु भएका उहाँका दम्पत्ती जहिले पनि जोश र होस् युक्त हुनुहुन्छ। उमङ्ग बाड्न सक्नुहुन्छ। जहिलेसुकै उत्साहित हुन सक्ने विशेषताका धनी उहाँ को मुहार जहिले (फेसबुक मेसेन्जर मा देखे अनुसार) पनि चम्किलो नै पाएको छु मैले त। त्यस्तो हुनुको रहस्य सायद उहाँ कहिले पनि फुर्सदमा हुनुहुन्न। अनि व्यस्त पनि त्यस्तो कुरामा हुनुहुन्छ जहाँ उहाँको मज्जा नै मज्जा छ। आखिर मज्जा त मन मस्तिष्क मा आउने न हो? शारीरिक रूपमा भने उहाको नसा च्यापिएको कारण राम्रो संग आफै हिड्न डुल्न पनि कठीन हुन्छ उहाँलाई । एकदम होसियारिपुर्वक हिड्नु पर्छ। एक पेट खान बस्न सहज नै छ। त्यसमा पनि असल छोरा बुहारी साथमा भए पछी त के चाहियो र? उहाँ भन्नुहुन्छ।

रबिन्द्र भक्त श्रेष्ठ  जीवनसँगिनीको साथमा।

कोरोनाको कहरमा उहाँले सहजै समय बिताउन सक्नु भएको बताउनु हुन्छ । अरुलाई वाक्क लाग्ने गरि घर बस्नु परेको कथा सुनाएर फुर्सद भएन । रबिन्द्र दाइ भने हाँसी हाँसी मज्जै मज्जामा समय काटेको बताउनुहुन्छ । भलाई व्यावहारिक आरोह अवरोह उहाँको मा पनि नहुने हैन । त्यो कसरी सम्भव भयो होला भन्ने मलाई लाग्थ्यो। अहिले पनि (२०७७ चैत्र सम्म) कोरोना को खोप लगाउनु भएको छैन लगाउने विचार छ अझै केहि महिना पर्खेर मात्र लगाउने बताउनु हुन्छ , र भन्नु हुन्छ म अरु कहाँ पनि जान्न अरुलाई पनि अहिले लाइ आउन अनुमति दिन्न । त्यसो भए पछी खोप को जरुरी नै परेन नि, ढुक्क संग भन्नु हुन्छ ।

करिब २० वर्ष अघि अमेरिका पुगे पछी एउटा औषधि वितरण गर्ने प्राइभेट कम्पनीमा जागिर पनि गर्नु भयो। जागिर धेरै समय गर्नु भएन अहिले जागिर बाट निवृत्ति भै सक्नु भयो ।

रबिन्द्र भक्त श्रेष्ठले कोर्नु भएका पेन्टहरू।

पिताजीका सन्तान बाट उहाँको २ दिदी, २ बैनी र दाजु भाई जम्मा चार जनामा उहाँ जेठो छोरा सबै नेपालमै तर उहाँ भने अमेरिका। नेपालको मनोरम दृश्यले सधै लोभ्याई रहने बताउनुहुन्छ र बेला बखत नेपाल जाने रहर नभएको हैन बेला बखत जाँदै आउँदै गर्नुहुन्छ।  डी भी परेर आएको हाललाई यतै घरवास बनाएर वस्यो उहाँको परिवार । वेला बखत सपनामा पनि नेपालमा नै रमाई रहेको देख्छु । त्यसै अन्तर मनले भन्छ मेरो पछिल्लो जीवन नेपालमा नै विताउनु पर्ला। आफै संग घोत्लिएर प्रश्न गरे झैँ गर्नु हुन्छ।

आफु आएको १ वर्षमा नै पिताजी ब्रम्हलिन हुनुभएको कुराले पनि धेरै सताउने गर्छ उहाँलाई। र भाव विह्वल भएर त्यस कठोर बिगतको घाउले चिथोर्ने गर्छ भन्नु हुन्छ रबिन्द्र दाइ।

रबिन्द्र भक्त श्रेष्ठका सुन्दर पेन्टहरू

अमेरिकामा राम्रो लागेको कुरा गर्दा चाखका साथ् भन्नु हुन्छ नेपालमा रहंदा दिनको १२-१५ घण्टा काम गर्दा पनि जीवन धान्न धौ धौ पर्ने हामी यहाँ त ८ घण्टा काम गर्दा सहजै जीवन यापन गर्न सक्ने हुन्छौ भन्नु हुन्छ।

उहाँको दिन चर्या यसरी बित्छ कि समय बितेको थाहा नै हुदैन। मनमोजी चालले फोटो खिच्न मन पर्ने उहाँले खिचेका तस्विर देख्दा थाह हुन्छ । त्यस बाट मन भाग्यो भने क्यानभासमा चल्छन उहाँका कुचि समाएका हातहरु। सुन्दर चित्र क्यानभासमा भर्नु हुन्छ ।

 

अझै त्यस बाट पनि मन अघाएन भने कापीमा कविता कोर्न मस्त हुन्छ मन र व्यस्त हुन्छ हात ।

गरीबै गरीबको हुलमा

उ त्यतै

आकाश ओडेर बसेको हुन्छ ,

रहर रहरैको कल्पनामा

उ त्यतै

सपना ओडेर बसेको हुन्छ ।

 

खानामा शाकाहारी  – दाल भात तरकारी, अचार, त्यसमा पनि च्याउ र सागपात धेरै मन पर्छ रे । त्यसमा पनि भुटेको च्याउको तरकारी मन पर्छ भन्नु हुन्छ रबिन्द्र दाई। पाए देखि दुध र भात खान मज्जा आउँछ उहाँ भन्नुहुन्छ। नयाँ-नयाँ ठाउको घुमघाम उहाँको अर्को शौख हो। त्यसैले नेपालको धेरै ठाउँ घुमिसकेको बताउनुहुन्छ । यसै क्रममा बेलायत, जर्मन, फ्रान्स, नेदरल्याण्ड, घुमी सक्नु भएको छ। यदि खुट्टा नदुख्ने भए अझ धेरै ठाउँ घुम्ने रहर भएको कुरा व्यक्त गर्नु हुन्छ ।

आजकाल नित्य उहाँ विहान ४ बजे उठ्ने, पूजा पाठ सकेर शारीरिक व्यायाम गर्ने उहाँ, ध्यान मा मग्न भए वस्नु रुचाउनु हुन्छ । शारीरिक व्यायामको अभ्यास, प्राणायाम र ध्यान उहाँले जीवन बिज्ञान प्रतिष्ठान र नेपाल अमेरिका सामुदायिक केन्द्र को संयुक्त रूपमा संचालित स्व-सम्बाद र दिब्य सम्बाद बाट सिक्नु भएको हो ।

उहाँको दाम्पत्य जीवन अवश्य सरदर भन्दा उन्नत छ भन्ने कुरा महशुस गर्न सकिन्छ । दुवै जना एक ले अर्काको कविता पढ्ने सुनाउने सुन्ने अनि सुधारका लागि सुझाब दिने लिने गर्नु हुन्छ । कति सुन्दर जोडी हगी ? लोभ नै लाग्ने । त्यसो त नाम सुन्दा र पढ्दा नै यो जोडीको माया र ममता को अनुमान गर्न सकिन्छ । “रबिन्द्र रजनी “ वा परेवाको भाले पोथी वा भनु मयुरैको कल्की भने जस्तो । बैगुनीको उदाहरण ढुक्कुरको पनि जोडी ज्यादै अनुकरणीय छ भन्छन पाकाहरु । ठिक त्यस्तै त्यस्तै रबिन्द्र दाइको जोडी पनि अत्यन्त प्यारो संग आनन्दीत जीवन जिउदै छ त्यो जोडी ।

नेपालमा हुदा पेसाले फोटोग्राफीमा रमाउने साइडमा चित्रकारिता सिक्नु भयो। बेला बेला चित्रकारिता पनि गर्न छोड्नु भएन । फोटोग्राफी रबिन्द्र दाइले उहाँकै पिताजी बाट सिक्नु भयो । उहाँको पिता जी ले भने धनकुटे राणा प्रशासक बाट प्रोत्साहित हुनुहुन्थ्यो । पिता जी ले भने प्रोत्साहन मात्र हैन कलकत्ता गएर तालिम लिने र त्यसलाई आवश्यक सामग्री समेत पाउनुभएको थियो ।

विज्ञानले दिएको चमत्कारलाई उहाँले उपयोग राम्रो संग गर्नु भएको छ। त्यो भनेको फेसबुक चलाउने, पत्रपत्रिका। पुस्तक पढ्ने टि भी हेर्ने, नेपालमा रहेका परिवारजन साथि भाइहरु संग फोनमा कुरा गर्ने समय पनि मिलेकै छ ।

अमेरिकामा सजिलो असजिलो मज्जा नमज्जा जे भए पनि यसको श्रेय एउटा साथीलाई जान्छ जसले मेरो चाहना बेगर नै डी भी को फारम भरि दिएका थिए बरु उनीहरुको भने त्यस बेला डी भी प्राप्त हुन सकेको थिएन ।

अनुहारको चमक जस्तै उहाँका सुन्दर आँखा मधुर मुस्कान बैंस मा कस्तो हुदो हो ? हुने भए फर्केर हेर्नु हुन्थ्यो तर यो प्राकृतिक नियम तर रबिन्द्र दाइ मा अहिले पनि जिउँदो जोश जाँगर छ र त्यस अनुसार नै सिपको परिचालन गर्नु हुन्छ । उहाँको चाहना अनुसारनै नेपालमानै गएर वस्ने ईच्छा पुरा होस् । यो कुची चलाउने सिप (Painting) र तस्बिर (photography) को शौखले रबिन्द्र दाई लाई सदा आनन्दित बनाइ रहोस। रबिन्द्र दाइको जोडी चखेवा चखेवी जस्तै वा मयुरको कल्की जस्तै सुन्दर दाम्पत्य जीवन आनन्दमय रहोस यहि शुभकामना।

सिनामंगल काठमाडौँ, हाल- अमेरिका।

 

प्रकाशित : २०७८ वैशाख ८ गते २०:१४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI