भारत कोरोनाले अस्तव्यस्त, पहिलो पटक ३ लाख १५ हजार संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १०:१७
भारत कोरोनाले अस्तव्यस्त, पहिलो पटक ३ लाख १५ हजार संक्रमित थपिए

भारतलाई कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बनाउँदै लगेको छ। कोरोना संक्रमितको तथ्यांकले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। देशभर बुधवार २४ घण्टामा ३ लाख १५ हजार ४७८ नयाँ संक्रमित थपिएका छन्।

यही अवधिमा एकै दिन २ हजार १०१ मानिसले ज्यान गुमाएका छन्। भारतमा लगातार दोस्रो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार माथि पुगेको हो।

भारतमा अहिले पनि २२ लाख ८४ हजार २०९ बिरामीको उपचार चलिरहेको छ। बुधवार रेकर्ड १ लाख ७९ हजार ३७२ बिरामी निको भए। संक्रमणबाट अहिलेसम्म भारतमा १ लाख ८४ हजार ६७२ को ज्यान गइसकेको छ। मंगलवार २ लाख ९४ हजार नयाँ संक्रमित भेटिएका थिए। त्यही दिन २ हजार २१ संक्रमितको ज्यान गएको थियो।

प्रकाशित : २०७८ वैशाख ९ गते १०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI