चर्को आलोचना पछि झोलुङ्गे पुल तर्दा शुल्क लिने निर्णयबाट पछि हटयो बाग्लुङ नगरपालिका

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १४:२३
चर्को आलोचना पछि झोलुङ्गे पुल तर्दा शुल्क लिने निर्णयबाट पछि हटयो बाग्लुङ नगरपालिका
cfuGt's nf]Eofpg] emf]n'ªu] k'n afun'ª, * j}zfv M afun'ª gu/kflnsf–! afªu]rf}/ / kj{tsf] s'Zdf gu/kflnsf–! cb'jfaf/L hf]8g] %^& ld6/ nfdf] emf]n'ªu] k'ndf dªunaf/ ;fFem b]lvPsf] b[Zo . ;+;f/s} nfdf] eg]/ bfjL ul/Psf] pQm emf]n'ªu] k'n clxn] ko{6sLo cfsif{0fsf ?kdf ljsf; eO/x]sf] 5 . t:jL/ M /fdaxfb'/ yfkf÷ /f;;

बागलुङ : पर्वत-बागलुङ जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत बिहीबार सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ ।

 

 

यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो । यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो ।

चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो । बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए । जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध शुरु भएको थियो ।

बागलुङ–१ बाङ्गेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ । उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ । सङ्घ सरकारको लगानीमा पुल बनेको हो ।

प्रकाशित : २०७८ वैशाख ९ गते १४:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI