शुक्रवारबाट पशुपतिनाथको मन्दिर बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १५:४०
शुक्रवारबाट पशुपतिनाथको मन्दिर बन्द

काठमाडौँ । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा बढेसँगै पशुपतिनाथको मन्दिर बन्द गरिने भएको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सूचना जारी गरी सो जानकारी दिएका हुन् ।

काठमाडौँमा संक्रमण बढेसँगै शुक्रवारबाट पशुपतिनाथको मन्दिर बन्द गर्न लागिएको हो ।   कोरोना रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले आदेश जारी गरेको र सो आदेशको दफा ४ मा उल्लेख भए बमोजिम वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्न लागिएको छ ।

पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी
व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख ९ गते १५:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI