टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १६:३१
टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गयो

नवलपरासी । पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदा स्थित चिसापानी महेषपुर सडकखण्ड अन्तरगत मझौनीतर्फबाट भटौलिया बजार तर्फ आईरहेको ना ४ ख २२९६ नम्बरको टिप्परले सोही दिशाबाट आईरहेको UP 56 AC9802 नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट सरावल गाउँपालिका वडा नम्ब ५ का अन्दाजी बर्ष २१ का धनैराज राजभरको मृत्यु भएको छ । मोटरसाईकलमा सवार रहेका सोही ठाउँकै अन्दाजी ३०÷३२ को ब्रहमान्द राजभर  र बर्ष २२ का चिन्तामणी राजभर घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि चौपत्ता स्थित शहिद स्मृति सामुदायिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनुभएको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा लगिएको पनि लामाले बताउनुभएको छ । टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

प्रकाशित : २०७८ वैशाख ९ गते १६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI