गैँडाकोटमा वैशाख १० गते देखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन हुने।

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ९ गते १७:५९
गैँडाकोटमा वैशाख १० गते देखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन हुने।

गैँडाकोट नगरपालिकाले बैशाख १० गतेबाट व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गर्ने भएको छ । जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई र मृत्यु लगायतका व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता आफुलाई पाएक पर्ने शिविरमा आवश्यक कागजात सहित पुगेर सेवा लिन गैँडाकोट नगरपालिकाले अनुरोध गरेको हो ।

बैशाख १० गते देखि वडा नं. १ बाट शुरू गरेको उक्त अभियान १३ गते सम्म सम्बन्धित वडामा चल्नेछ। वडा नं. १ अन्तर्गत आधारभुत स्वास्थ्य इकाई भवनमा वैशाख १० गते शुक्रवार दर्ता शिविर सञ्चालन गरिने छ भने १२ र १३ गते जलुके खानेपानि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय गंगानगर टोल र लक्ष्मी नारायण मन्दिर एक्लेसालमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

यस्तै बैशाख १४ गते देखि १६ गते सम्म वडा नं. २ का नारायणी टोल विकास सस्थाको कार्यालय नारायणी टोल, शान्तिनगर टोलविकास सस्थाको कार्यालय शान्तिनगर टोल र महेन्द्र स्मारक आधारभुत विद्यालय शिलन्यास चोकमा शिविर सञ्चालन गर्ने जानकारी गराईएको छ । साथै कोभिड १९ को संक्रमणबाट जोगिन भौतिक दुरी कायम गरि आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित : २०७८ वैशाख ९ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI