कस्तो रहनेछ आजको मौसम ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १० गते ७:१३
कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

शुक्रबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार  देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार  देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित : २०७८ वैशाख १० गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI