मेषलाई दाम्पत्य सुखले प्रफुल्लित बनाउँदा यस्तो हुनेछ शनिबारको समग्र दिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ११ गते ६:३६
मेषलाई दाम्पत्य सुखले प्रफुल्लित बनाउँदा यस्तो हुनेछ शनिबारको समग्र दिन

आज मिति २०७८ वैशाख ११ गते शनिबार, इस्वीसंवत अप्रिल २४ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको द्धादशी तिथि रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा ध्रुव, करणमा कौलव, आनन्दादि योगमा उत्पात रहनेछ ।

आजको राशिफल
मेषः
 मेष राशि भएकाहरूका आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब छ । महत्वाकांक्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

कर्कटः कर्कट राशिका लागि आज समय खराब रहनेछ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधूप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय राम्रो छैन । आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि समय शुभ छ । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज समय मध्यम छ । मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

धनुः धनु राशिका लागि आज पनि समय भरपर्दो छैन । स्वास्थ्य भरपर्दो रहनेछैन । अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्ताबाट मनग्य लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ ।

मकरः मकर राशि भएकाहरूका लागि आज समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

कुम्भः कुम्भ राशिका लागि आज समय राम्रो रहने छ । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनले आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

मीनः मीन राशि भएकाहरूका लागि आज राम्रो छैन । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । साझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।

साइतः आज चन्द्रमा सिंह राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः३८ बजेदेखि         ७ः१० बजेसम्म        काल बेला
बिहान ७ः१० बजेदेखि         ८ः४७ बजेसम्म        शुभ बेला
बिहान ८ः४७ बजेदेखि         १०ः२५ बजेसम्म       रोग बेला
बिहान १०ः२५ बजेदेखि        १२ः०२ बजेसम्म       उद्धेग बेला
बिहान १२ः०२ बजेदेखि        १ः३९ बजेसम्म        चर बेला
दिनमा १ः३९ बजेदेखि         ३ः१७ बजेसम्म         लाभ बेला
दिनमा ३ः१७ बजेदेखि         ४ः५४ बजेसम्म        अमृत बेला
दिउँसो ४ः५४ बजेदेखि        ६ः३२ बजेसम्म         काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ वैशाख ११ गते ६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI