प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ११ गते १२:०९
प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको धरहराको उदघाटन गरेका छन् ।

शनिबार धरहराको सबैभन्दा माथिल्लो अर्थात २० औं तलाको बार्दलीबाट पुष्पवृष्टी गर्दै ओलीले धरहराको उदघाटन गरेका हुन् । ओली धरहरामा राखिएको शिलालेख अनावरण गर्दै २० औं तलामा पुगेर उपत्यकाको दृष्यावलोकन गर्दै पुष्प वृष्टि गर्दै उदघाटन गरेका हुन् ।

छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले सुन्धारामा रहेको धरहरा ढलेको थियो ।

उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लागेको हो ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न हो ।

प्रकाशित : २०७८ वैशाख ११ गते १२:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI