फाइनलमा कुशल भुर्तेलको शानदार अर्धशतक

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ११ गते १४:४४
फाइनलमा कुशल भुर्तेलको शानदार अर्धशतक

काठमाडौं : त्रिदेशीय क्रिकेटको फाइनलमा नेपालका आक्रामक ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले शानदार अर्धशतक बनाउँदै नेपाललाई विशाल लक्ष्यतर्फ अग्रसर बनाएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरमा ३ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

१३ औं ओभरको चौथो बलमा छक्का प्रहार गरे । फाइनलमा ७७ रनमा आउट भएका कुशलले नेपालको ओपनिङमा ठुलो परिवर्तन ल्याएका छन् । ५३ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

यससँगै भुर्तेलले पारस खड्काको किर्तिमान बराबरी गरेका छन् । पारसले चार अर्धशतकसँगै एक शतक पनि बनाएका छन् । यसअघि डेब्यु गरेकै दिन भुर्तेलले अर्धशतक बनाएका थिए । कुनै पनि टी–ट्वान्टी सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाउने उनी पहिलो नेपाली ब्याट्सम्यान हुन् ।

प्रकाशित : २०७८ वैशाख ११ गते १४:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI