कोरोनाबाट कांग्रेस नेतृ एबम संविधानसभा सदस्य सिद्दिकीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ११ गते २०:१२
कोरोनाबाट कांग्रेस नेतृ एबम संविधानसभा सदस्य सिद्दिकीको मृत्यु

नेपालगन्ज । भेरी अस्पतालमा उपचाररत नेपाली कांग्रेस बाँकेकी नेतृ मोहम्मदी सिद्दिकीको कोरोनाबाट निधन भएको छ ।

पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी ६२ वर्षीय सिद्दिकीको आज साँझ निधन भएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

नेपालगञ्ज ३ निवासी उहाँ केही दिनदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । उहाँ बिगत २ हप्तादेखि अस्पतालमा भर्ना हुनुभएको थियो।

प्रकाशित : २०७८ वैशाख ११ गते २०:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI