शिव मा.विको कक्षा १० मा पढने विद्यार्थीमा कोरोना संक्रमण : विद्यालय भने निरन्तर सन्चालनमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १२ गते १४:२८
शिव मा.विको कक्षा १० मा पढने विद्यार्थीमा कोरोना संक्रमण : विद्यालय भने निरन्तर सन्चालनमा

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं २ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

गत बिहीबारनै विद्यार्थीमा कोरोना संक्रमण देखिए पनि विद्यालय निरन्तर सन्चालन भएको भन्दै यस विषयलाई गम्भीरता पुर्वक लिन भन्दै विद्यार्थीहरुले कावासोती नगरपालिकाको शिक्षा शाखाको ध्यानाकर्षण गराएका छ्न ।

विद्यालयको कक्षा १० मा अध्ययनरत १५ वर्षीय विद्यार्थीमा गत बिहिबार गते कोरोना संक्रमण देखिए पनि विद्यालय निरन्तर संचालन भएको र आवश्यक सतर्कता न अपनाईएको भन्दै विद्यार्थीहरुले शिक्षा शाखालाई गुहारेका हुन ।

बिहिबार नै विद्यार्थीमा संक्रमण देखिएको भए पनि आफुहरुले शनिबार बेलुका मात्रै थाहा पाएको र आईतबार देखि संक्रमित विद्यार्थी भएको कक्षाको विद्यार्थीलाई होम आईसोलेसनमा बस्न लगाईएको विद्यालयका प्रधानाध्यापक लिलाधर भुसालले बताए । यस विषयमा नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखा सँग आफुले समन्वय गरिरहेको भुसालले बताए ।

यस विषयमा कावासोती नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी सँग कुरा गर्दा विद्यार्थीमा कोरोना संक्रमण देखिएको कुरा आफुहरुले पनि शनिबार मात्रै जानकारी पाएको बताए । आज ( आईतबार ) विद्यार्थीहरुले पनि जानकारी गराएका र यस विषयमा आवश्यक निर्णय गर्न आज नै नगर स्तरिय विपत व्यवस्थापन समितिको बैठक बस्ने आफुले जानकारी पाएको भण्डारीले बताए ।

यस विषयमा छलफल गर्न नगर स्तरीय विपत व्यवस्थापन समितिको बैठक बोलाईएको र विद्यालय सन्चालनका विषयमा आवश्यक निर्णय गर्ने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रमेश घर्तीले बताए ।

प्रकाशित : २०७८ वैशाख १२ गते १४:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI