थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १२ गते १६:४४

काठमाडौँ : नेपालमा थप ३ हजार १२२ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरेको विवरणअनुसार ३ हजार १२२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर ९ हजार २९२ जनामा परीक्षण गरिएको थियो । जसमा ७८६ जनाको एन्टिजेन परीक्षण सामेल छ । संक्रमितमध्ये ७९ जना क्वारेन्टाइनमा छ्न् ।

 

 

२५२ जना आइसीयुमा र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो चौबिस घण्टामा ४५० जना डिस्चार्ज भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोभिड संक्रमणमुक्त दर ९२ दशमलव ५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख १२ गते १६:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI