कावासोती नगरपालिकाका विद्यालयहरु शुक्रबार सम्म बन्द रहने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १२ गते १७:५९
कावासोती नगरपालिकाका विद्यालयहरु शुक्रबार सम्म बन्द रहने

कावासोती । विद्यालय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि कावासोती नगरपालिकाका विद्यालयहरु शुक्रबार सम्म बन्द हुने भएका छ्न ।

आईतबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिले विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिएका छ्न ।

नगरपालिकाको वडा नं २ मा रहेको शिव मा.वि मा कक्षा १० मा पढने विद्यार्थीमा गत बिहिबार कोरोना संक्रमण देखिए पछि विद्यालयहरु बन्द गर्नु पर्ने आवाज उठेको थियो ।

विद्यालयहरु शुक्रबार सम्म बन्द रहेता पनि २० गते बाट सुरु हुने परीक्षा तालिका भने यथावत रहने र परीक्षा संचालन हुने जनाईएको छ ।

प्रकाशित : २०७८ वैशाख १२ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI