कस्तो रहनेछ आजको मौसम ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १३ गते ७:५४
कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायुको प्रभाव रहको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ वैशाख १३ गते ७:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI