२४ घण्टामा थप ३५५६ जनालाई कोरोना पुष्टि, १२ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १३ गते १८:०६
२४ घण्टामा थप ३५५६ जनालाई कोरोना पुष्टि, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

प्रकाशित : २०७८ वैशाख १३ गते १८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI