No ads found for this position

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते ६:४०
No ads found for this position
आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
No ads found for this position

वि.सं.२०७८ साल बैशाख १४ गते मंगलबार । ईश्वी सन् २०२१ अप्रिल २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–पूर्णिमा,११ घडी ०८ पला,बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–स्वाती,४१ घडी ०२ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त विशाखा । योग– सिद्धि,४० घडी ५६ पला,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त व्यातिपात । करण–बव,बिहान ०९ बजेर ५७ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर ४६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४० पला । पूर्णिमा, देवीयात्रा, हनुमानजयन्ती, बैशाखस्नारम्भ, बालाजु २२ धारा मेला, लमजुङ्गयलुङ्ग पोखरी मेला, ल्हुतिस्नान(ल्हुतिपून्ह), बैतडीगुन्जर बनारसी मन्दिरमा कोटिहोममेला समाप्ति, बौद्धतेमाल यात्रा,मन्वादि बाइजुराज जान्मोत्सव ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम्पत्य जीवन सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रा गर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुदा महत्त्वपूर्ण निर्णयहरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । बुवा वा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्वन्धी समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेम तथा पतिपत्नी बीच केहि विषयमा मनमुटाव बढ्नेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ ।

तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

प्रकाशित : २०७८ वैशाख १४ गते ६:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI