मध्यविन्दु नगरपालिकामा विद्यालय र हाटबजार बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते ११:११
मध्यविन्दु नगरपालिकामा विद्यालय र हाटबजार बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखिचार दिन सम्मका लागि बिद्यालय र हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् बिपत व्यबस्थापन समितिका संयोजक चन्द्रबहादुर रानाका अनुसार मंगलबार अर्थात बैशाख १४ गतेबाट बैशाख १७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरोनाका जोखिम पछिल्लो समयमा बढ्दो रहेकोले भिडभाड हुने ठाउमा बन्द गरिएको बिपद व्यबस्थापन समिति संयोजक तथा नगरप्रमुख चन्द्र वहादुर रानाले बताए । त्यसैगरी हाटबजार पनि बन्द गरिएको उनले बताए ।त्यसैगरी सवारी साधानहरुमा पनि क्षमता भन्दा बढी यात्रुहरु चढाउनका नपाइने, स्वाथ्यमापदण्ड अनिर्वाय रुपमा पालना गर्नुपर्ने, होटेल तथा रेष्टुरेन्ट, पसल, व्यापारव्यवसाय रातको ८ बजे पछि बन्द गर्नु पर्ने, जुनसुकै कार्यक्रममा पनि २५ जना भन्दा बढी मानिस भेला नगर्न नपाइने निर्णय रानाले बताए ।

प्रकाशित : २०७८ वैशाख १४ गते ११:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI