केपी ओली नक्कली एमाले हुन : माधव नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते १६:५३
केपी ओली नक्कली एमाले हुन : माधव नेपाल

नारायण शर्मा/नवलपरासी — पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाए ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले भने,’ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् । ‘

कार्यकर्ताको भावना बुझ्न नसकेर जे मन लाग्यो त्यही गरेर ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पारेको उनको दाबी छ । आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्ताको भावना विपरित आफूलाई सत्ताको केन्द्रमा राखेर रमाएको आरोप पनि लगाए । कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको नेता नेपालले आरोप लगाए ।

 

प्रकाशित : २०७८ वैशाख १४ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI