गण्डकी प्रदेश सभाको बैठक सुरु : अविश्वासको प्रस्ताव माथि आजै मतदान हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १५ गते १३:५३
गण्डकी प्रदेश सभाको बैठक सुरु : अविश्वासको प्रस्ताव माथि आजै मतदान हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि आजै मतदान हुने भएको छ । बोल्ने सांसदहरुको संख्या घटाएर आजै बेलुकीसम्म मतदान गर्ने कार्यसूची टाँसिएको छ ।

बैठकमा नेपाली कांग्रेसका एक, नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एमाले)का १८ सांसदले बोल्ने तयारी छ । जनमोर्चाका दुई र जनता समाजवादी पार्टी (जसपा)का एकजनाले बोल्न नाम दर्ता गराएका छन् । अन्तिममा मुख्यमन्त्री गुरुङले बैठकलाई सम्बोधन गर्नेछन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसमा छलफल गर्न र मतदानका लागि वैशाख १३ देखि विशेष अधिवेशन जारी छ ।

प्रकाशित : २०७८ वैशाख १५ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI