पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १६ गते ७:५५
पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले  भट्टराईको शल्यक्रिया  गर्न लागेको हो । त्यसका लागि अध्यक्ष भट्टराई विहीबार अस्पताल भर्ना हुने छन् । शल्यक्रिया भने वैशाख १७ गते हुनेछ ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।

वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।

प्रकाशित : २०७८ वैशाख १६ गते ७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI