सरकारको निर्देशन अटेर गर्दै मालपोत कार्यालय कावासोती- फोटो फिचर सहित

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १६ गते १२:१७
सरकारको निर्देशन अटेर गर्दै मालपोत कार्यालय कावासोती- फोटो फिचर सहित

कावासोती । कोरोनाको दोस्रो लहर बढे सँगै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र २५ जना भन्दा धेरै जम्मा नहुन निर्देशन जारी गरे पनि सरकारी कार्यालयहरुमानै सरकारको निर्देशन कार्यान्वयन भएको छैन ।

यस्तै निर्देशन कार्यान्वयन नगर्ने कार्यालयहरुमा पुर्वी नवलपरासीको कावासोतीमा रहेको मालपोत कार्यालय पनि देखिएको छ । बिहिबार ११ बजेको समयमा मालपोत कार्यालय पुग्दा कार्यालय परिसरमा स्वास्थ्य सुरक्षा मापदण्ड विनानै सेवाग्राहीहरु भिडभाड सहितको लाईनमा आफ्नो पालो पर्खिदै थिए । कार्यालय परिसरमा भिडभाड देखे पछि नवलपुर टाईम्सको टिमले स्वास्थ्य सुरक्षा मापदण्ड खोइ त भनेर मालपोत कार्यालय कावासोतीका प्रमुख प्रेम दुयाललाई प्रश्न गर्दा सेवाग्राहीले नै भिडभाड गरेको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भन्दै उम्किने कोसिस गरे । “आज त्यस्तै भयो, भोलि शुक्रबार छ आईतबार देखि हामी सुरक्षाको मापदण्ड अपनाउछौं २५ जना भन्दा धेरै सेवाग्राहीलाई प्रवेश दिदैनौ”, दुयालले भने ।

कार्यालय परिसरमै रहेको लेखापढी व्यवसायीहरुको स्टलमा पुग्दा लाग्थ्यो उनिहरुलाई कोरोनाको कुनै डर नै छैन । सेवाग्राही र लेखापढी व्यवसायी गरेर १०० जना भन्दा धेरैको भिडभाडमा उनिहरु निस्फिक्री काम गरिरहेका देखिन्थे । यस विषयमा लेखापढी व्यवसायी सँग कुरागर्दा आफुहरु सचेत रहेको र सुरक्षा मापदण्ड अनुसारनै कामगरेको बताए पनि त्यस्तो भने देखिएन ।

सरकारले निर्देशन गरिसके आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र व्यवस्थापन गर्नु पर्ने सरकारी कार्यालयहरुको गैर जिम्मेवारी पुर्ण व्यवहार हेलचेक्र्याई देख्दा कोरोनाले नवलपुरमा आफ्नो ग्राफ छिट्टै बढाउने कुरामा दुईमतनै छैन।

प्रकाशित : २०७८ वैशाख १६ गते १२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI