अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छु: खिमविक्रम शाही

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १६ गते १३:५३
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छु: खिमविक्रम शाही

काठमाडौँ : गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागीता रहेको भन्दै पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् ।

उनले आफू अस्वस्थ् भएका कारण बुधबारको बैठकमा उपस्थित हुन नसकेकोले कुनै भ्रममा नपर्न पनि आग्रह गरेका छन् । बुधबार मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यक्रम थियो  । तर सांसद शाही बैठकमा अनुपस्थित भएका थिए ।

प्रकाशित : २०७८ वैशाख १६ गते १३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI