मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाईए पनि गण्डकी प्रदेश सरकारको संकट टरेन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १६ गते १८:०८
मन्त्रालय फुटाएर मनाङेलाई मन्त्री बनाईए पनि गण्डकी प्रदेश सरकारको संकट टरेन

सन्जय भट्टराई/नवलपुर ।

गण्डकी प्रदेश सभामा सरकार विरुद्ध ल्याईएको अविश्वासको प्रस्तावमा मतदान हुने भनिएको दिन बुधबार मोबाइल अफ गरेर बसेका प्रदेश सांसद राजीव गुरुङ ‘ दिपक मनाङ्गे’ले अनन्त मन्त्री पद उपहार पाएका छ्न ।

बिहिबार गण्डकी प्रदेशका मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई मन्त्री पदको सफथ गराएका हुन । मन्त्री बनेका गुरुङलाई मन्त्री बनाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ बनाईएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

प्रदेश सरकार विरुद्ध आएको अविश्वासको प्रस्तावबाट बच्नका लागि गुरुङलाई मन्त्री बनाईएको भए पनि गण्डकी प्रदेशमा सत्ता संकट भने टरेको छैन । ६० सदस्यीय रहेको प्रदेश सभामा सत्तारुढ नेकपा एमालेको गुरुङ समेत जोडदा २८ सदस्य पुग्ने देखिन्छ भने काङ्ग्रेस माओवादी जसपा र जनमोर्चाका समेत जोडदा प्रस्ताव पास हुन चाहिने ३१ जना प्रदेश सभा सदस्य पुग्ने देखिन्छ ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही एकाएक गायब भएर अस्पताल पुगे पछि सरकार विरुद्धको प्रस्ताव पास नहुने अडकल बाजि सुरु भए पनि बिहिबार शाहीले आफू अस्पतालमा रहेको र पार्टीको निर्णय मान्दै प्रस्तावको पक्षमा रहने विज्ञप्ति निकाले पछि अब बस्ने प्रदेश सभा बैठकमा फेरि कुनै अनौठो नभए सरकार विरुद्ध ल्याईएको अविश्वासको प्रस्ताव पास हुने पक्की पक्की छ ।

प्रकाशित : २०७८ वैशाख १६ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI