रुपन्देहीस्थित सैनामैनाको कोरोना अस्पतालमा संक्रमितद्वारा आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १८ गते १२:४०
रुपन्देहीस्थित सैनामैनाको कोरोना अस्पतालमा संक्रमितद्वारा आत्महत्या

बुटवल । रुपन्देहीको सैनामैनास्थित रानीबगीयाका कोरोना संक्रमित एक पुरुषले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा उपचाररत ४० वर्षीय पुरुषले शनिबार (आज) बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार आज बिहान ४ बजे शौचालय जाने बहानामा उनले झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।

उक्त पुरुषलाई यही वैशाख १६ गते कोरोना संक्रमण भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो । कोरोना देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य भएको तर, परिवारको आग्रहमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

तीन दिनअघि मात्रै सञ्चालनमा आएको उक्त कोरोना विशेष अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितहरु उपचाररत छन् ।

प्रकाशित : २०७८ वैशाख १८ गते १२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI