पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते ७:१५
पार्किङ गरिराखिएको कारभित्र तीन बालकको शव

दाङ — तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको आरजे०१सीसी०८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति तीन बालक मृत फेला परेका हुन् । शव गन्हाइसकेको अवस्थामा रहेको र घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशषेज्ञ टोली आइपुगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।उनका अनुसार उक्त कार लामो समयदेखि त्यहीँ रहेको अनुसन्धानमा खुलेको छ । स्थानीय तीन बालक केही दिनदेखि हराएको निवेदन आए पनि मृतकहरूको पहिचान खुल्न नसकेको सिंहले जानकारी दिए ।

प्रकाशित : २०७८ वैशाख १९ गते ७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI