आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते ८:०८
आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई जानकारी दिए ।

उनले  शनिवार सडकमा गाडी कम भएपनि बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आजदेखि थप कडा गर्ने बताए ।  उनले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने समेत जानकारी दिए ।

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे  त्यसलाई होल्ड गरिने पनि उनले बताए ।

प्रकाशित : २०७८ वैशाख १९ गते ८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI