लुम्बिनी प्रदेश: वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते १३:१६
लुम्बिनी प्रदेश: वली माओवादीमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुम्यो

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

प्रकाशित : २०७८ वैशाख १९ गते १३:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI