थप ७ हजार १ सय ३७ जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते १६:५१
थप ७ हजार १ सय ३७ जनामा संक्रमण

नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रकाशित : २०७८ वैशाख १९ गते १६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI