नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ७२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते १७:५१
नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ७२ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा आइतबार ४३ जना नयाँ संक्रमित फेला परेका छन् ।

यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या २७२ पुगेको छ ।

नवलपुरमा पछिल्लो पटक गैडाकोटमा ३१ जना, देवचुलीमा १ जना, विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोटमा ३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

नवलपुरमा पछिल्लो २ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर पछि संक्रमित भएका मध्ये २५ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते १७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI