प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, प्रधानमन्त्री पदमा कायम रहन १३८ सांसदको समर्थन आवश्यक

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १९ गते २०:५१
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, प्रधानमन्त्री पदमा कायम रहन १३८ सांसदको समर्थन आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशन बैशाख २७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्नेछन् ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१, नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ ।

प्रकाशित : २०७८ वैशाख १९ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI