लुम्बिनी प्रदेशका दुई सांसद मुख्यमन्त्री पोखरेलकै पक्षमा उभिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २० गते १२:४८
लुम्बिनी प्रदेशका दुई सांसद मुख्यमन्त्री पोखरेलकै पक्षमा उभिए

काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले आफूहरु एमाले संसदीय दलमै प्रतिबद्ध रहने र मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन रहने स्पष्ट पारेका छन् ।

कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम-१ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।

आफूहरु सूर्य चिन्हबाट निर्वाचित सांसद रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ,‘माननीय कुलप्रसाद केसीलगायत समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दावीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटीपूर्ण छ । हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिवद्ध रहँदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्दछौं ।’

प्रकाशित : २०७८ वैशाख २० गते १२:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI