कोरोना संक्रमित थप ३७ को मृत्यु, सात हजार तीन सय ८८ संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २० गते १८:२२
कोरोना संक्रमित थप ३७ को मृत्यु, सात हजार तीन सय ८८ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार तीन सय ६२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा सात हजार तीन सय ८८ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।

सोमबार दुई हजार २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले आग्रह गर्दै आएको छ ।

प्रकाशित : २०७८ वैशाख २० गते १८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI