कोरोना महामारीमा जिम्मेवार नबनेको भन्दै देवचुलीको नगर प्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २१ गते १३:०८
कोरोना महामारीमा जिम्मेवार नबनेको भन्दै देवचुलीको नगर प्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी

कावासोती ।

पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा सचेत नागरिक समुहले तालाबन्दी गरेका छ्न ।

कोरोनाको दोस्रो लहर सुरु भएर विकराल परिस्थिति आउदा पनि नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै तालाबन्दी गरिएको बताईएको छ। सोमबार देवचुली-१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै सर्वत्र आलोचना भएको थियो  ।

यसै बिच तालाबन्दी सँगै नगरभित्र पुग्ने गरि एम्बुलेन्सको व्यवस्था नहुदा सम्म नगरका पदाधिकारी कसैलाई पनि नगरपालिकाको गाडी चढन नदिने घोषणा गरेको तालाबन्दी गर्न पुगेका नागरिक अगुवा श्याम शर्मा भुसालले बताए ।

 

प्रकाशित : २०७८ वैशाख २१ गते १३:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI