संक्रमितलाई निशुल्क एम्बुलेन्स : मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको २८ बेड तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते १९:१९
संक्रमितलाई निशुल्क एम्बुलेन्स : मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको २८ बेड तयारी

कावासोती । कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । संक्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमित हेरचाह , स्वास्थ्य परामर्श र उपचारका लागी २० जना स्वास्थ्यकर्मी सहितको टोलि परिचालन गरिएको नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बताए । अक्सिजन सहितको आईसोलेशनमा राखेर उपचार गर्नु पर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पताल सँग समन्वय गरिएको मर्दनियाले बताए ।

मध्यविन्दु जिल्ला अस्पतालमा १८ वटा बेड कोरोना संक्रमितको लागि तयारी अवस्थामा रहेको र बिहिबार देखि १० वटा बेड थपिएर २८ पुग्ने अस्पतालका सूचना अधिकारी छबिलाल सुबेदीले जानकारी दिए । अस्पतालमा आवश्यक पर्ने बिरामीका लागि शुक्रबार सम्म पुग्ने अक्सिजन रहेको र थप अक्सिजनका लागि तयारी गरिएको  सुबेदीको भनाई थियो ।

प्रकाशित : २०७८ वैशाख २२ गते १९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI