बौदींकालीमा अक्सिजन सहितको ८ बेडको आईशोलेसन तयारी अवस्थामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते १९:४६
बौदींकालीमा अक्सिजन सहितको ८ बेडको आईशोलेसन तयारी अवस्थामा

कावासोती । कोरोनाको दोस्रो भेरिएन्टको लहर बढे सँगै नवलपुरको बौदीँकाली गाउँपालिकामा पनि आवश्यक तयारी सुरु गरिएको छ ।

गाउँपालिकाले कोरोना संक्रमितको लागि ८ बेडको आईसोलेसन कक्ष तयार पारेको र ५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । गाउँपालिकाको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत सहितको चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सुवेदीले बताए ।

गाउँपालिकाले संक्रमितलाई स्वास्थ्य संस्था सम्म पुर्‍याउनका लागि १ वटा एम्बुलेन्स र १ वटा जिप पनि तयारी अवस्थामा राखेको छ । गाउँ पालिकामा दोस्रो लहर सुरु भए देखि अहिलेसम्म २ जना सक्रिय संक्रमित रहेका छ्न

प्रकाशित : २०७८ वैशाख २२ गते १९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI