मध्यविन्दुमा संक्रमितका लागि अक्सिजन सहितको ७ वटा बेड तयारी अवस्थामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते २०:५८
मध्यविन्दुमा संक्रमितका लागि अक्सिजन सहितको ७ वटा बेड तयारी अवस्थामा

कावासोती । कोरोनाको दोस्रो लहर बढे सँगै नवलपुरको मध्यविन्दु नगरपालिकामा पनि आवश्यक तयारी सुरु गरिएको छ ।

नगरपालिकाले कोरोना संक्रमितको लागि चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको ७ र सामान्य ३ गरि १० बेडको आईसोलेसन कक्ष तयार पारेको र १० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका माधव प्रसाद पोख्रेलले जानकारी दिएका छ्न ।
संक्रमितको उपचारको लागि २४ घण्टा नै सेवा प्रवाहा गर्ने गरि मेडिकल अधिकृत सहितको चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पोख्रेलले बताए । पोख्रेलका अनुसार नगरपालिकामा छिट्टै अक्सिजन युक्त बेडको संख्या बढाएर २० पुर्‍याउने तयारी गरिएको छ ।

नगरपालिकाले संक्रमितलाई स्वास्थ्य संस्था सम्म पुर्‍याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको जनाएको छ

प्रकाशित : २०७८ वैशाख २२ गते २०:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI