लोप हुँदै सुस्ताउने चौतारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते २२:१५
लोप हुँदै सुस्ताउने चौतारी

सुजन अधिकारी/गैंडाकोट
‘भरिया दाईले बिसाउने भारि सुनमाया डाँडैको चौतारी’ ‘ विष्णु खत्रीको आवाज रहेको यो सङ्गीतले झट्ट पहिले का चौतारीहरु को याद दिलाउछ । गितमा भनिएझै पछिल्लो पटक चौतारी संरक्षणको अभावमा र बिकासका नाममा हुने गरेका गतिविधिले भएका सम्पुर्ण चौतारी मासिन थालेका छन् ।

नवलपुर जिल्ला लगाएतका क्षेत्रमा मुख्य राजमार्ग बिस्तारको क्रममा वर,पिपल,समि सहितका थकाई मार्न प्रयोगमा आएका चौतारीहरु मासिन थालेका छन् । सडक छेउछाउ बनाइएका धार्मिक एवं पुरातात्त्विक चौतारी हरु यसरी मासिदा समाजमा रहेका पुराना पुस्ता र सरोकारवालाले दुख व्यक्त गरेका छन् । तत्कालीन चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्र बाट महेन्द्र राजमार्ग बि.स. २०२२ सालमा उदघाटन गरिए सङ्गै पुर्व पश्चिम महेन्द्र राजमार्ग १,०२७.६७ किमी दायाँबायाँ मुख्य चोकमा वर,पिपल र समि का चौतारी हरु निर्माणकार्य गरिएको थियो । यात्राका क्रममा चौतारी सङ्गै यात्रुहरू सवारीसाधन कुर्ने र झर्ने गर्दथे । पुराना पुस्ताले रोपेका ती वर,पिपल, र समि सँगै बनाइएका चौतारी नयाँ पुस्ताले संरक्षण गर्न चासो नदिदाँ चौतारी सँगैका वर,पिपल र समि मासिदै गएका छन् ।

केहि वर्ष अघि सम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाँउ ठाँउका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो । तर अहिले तिनै चौतारी सँगै वर पिपल समि समेत देखिनै छोडेको छ । कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पीपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रुपमा समेत चौतारीको प्रयोग गर्ने गरिन्थियो ।

पहिला पहिला त दिनभर गोठालो खेताला गयो बस्तुभाउ चरायो चौतारीमा बस्यो सुखदुखका गफ गर्यो गर्दाको आनन्द बेग्लै हुन्थ्यो । बाटो हिँडने बटुवाको लागि चौतारीको शीतल हावा ऊर्जा बर्धक बन्थ्यो । यो बुझ्दा बुझ्दै पनि अहिले त त्यस्ता चौतारीहरु यो वा ऊ को बहानामा धमाधम मासिदै गएकोमा गैंडाकोट निवासी मानव अधिकार कर्मी तथा प्राध्यापक रामहरी शर्मा”शराह”ले चिन्ता व्यक्त गरे । विकासको नाउँमा हुने यस प्रकारको बिनासको तत्काल विकल्प खोजिनु पर्ने र चौतारीलाई पुन: अन्य सार्वजनिक महत्वका स्थानमा स्तान्तरण सङ्गै संरक्षण गर्नु पर्ने शराहले बताए ।

पुराना पुस्तामा वर,पीपल र समि सहितको चौतारी हुनुपर्छ भन्ने भावना रहेपनी पछिल्लो पुस्तालाई अहिले भएका चौतारी पनि मर्मत गर्न र विकास निर्माणका कार्य गर्दा भत्काएका चौतारीलाई पनि स्तान्तरण गरिनु पर्छ भन्ने भावना नहुदा पछिल्लो समय चौतारीहरु विस्तापित बन्दै गएका छन् । पहिला वरपीपल चौतारी लाई विवाह वा अन्तिम संस्कार गर्ने बेला सामाजिक रुपमा चौतारा बनाउनु पर्छ भन्ने धार्मिक विश्वास समेत रहेको थियो ।थकान,प्रतीक्षा,सामाजिक न्याय छलफल र धार्मिक कार्यका लागि समेत प्रयोह हुने गरेको चौतारी अहिले चौतारीको अभाव देखिन थालेको छ । सामाजिक विश्राम स्थल का रुपमा समेत लिनेगरिएको यस्ता पुराना वर पिपलका रुख तथा चौतारा संरक्षकमा सम्बन्धित निकाएको ध्यान जानू आवश्यक देखिन्छ ।

प्रकाशित : २०७८ वैशाख २२ गते २२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI