हुप्सेकोटमा अक्सिजन सहितको १० बेडको आईसोलेसन : संक्रमितलाई नि:शुल्क एम्बुलेन्स

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते ८:५४
हुप्सेकोटमा अक्सिजन सहितको १० बेडको आईसोलेसन : संक्रमितलाई नि:शुल्क एम्बुलेन्स

कावासोती । कोरोनाको दोस्रो लहर बढे सँगै नवलपुरको हुप्सेकोट गाउँपालिकाले गाउँपालिकामा अक्सिजन सहितको १० बेडको आईसोलेसन तयार पारेको छ ।

हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक कृष्ण सापकोटाले अक्सिजनको सपोर्टमा उपचार गर्नु पर्ने संक्रमितका लागि १७ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको बताए । गाउँपालिकाले संक्रमितलाई परामर्श दिन र उपचार गर्नका लागि चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु परिचालन गरिएको सापकोटाले बताए ।

गाउँपालिकामा २२ जना सक्रिय संक्रमित रहेका छ्न ।

प्रकाशित : २०७८ वैशाख २३ गते ८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI