चितवनमा कोरोना संक्रमित युवकद्वारा झुण्डिएर आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते ९:१२
चितवनमा कोरोना संक्रमित युवकद्वारा झुण्डिएर आत्महत्या

चितवन । चितवनमा कोरोना भाइरस संक्रमित एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–३ बगैचा टोलका ३५ वर्षीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

छिमेकी मुलुक भारतमा भएको आफ्नो भान्जीको विहेमा सहभागी भएर उक्त युवकमा १३ गते माडी फर्किएका थिए । उक्त युवकमा तीन दिन अगाडि मात्रै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

उक्त घटनाबारे माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवं व्यवस्थापनबारे छलफल भइरहेको बताइएको छ ।

प्रकाशित : २०७८ वैशाख २३ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI