कोरोना कहर : देशभर पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते ९:२०
कोरोना कहर : देशभर पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू

काठमाडौं । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको हो ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।

 

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ । यी जिल्लाहरुमा २७ गतेदेखि आउँदो २९ गतेसम्मको विभिन्न मितिमा निषेधाज्ञा लम्ब्याइएको हो ।

मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।

 

प्रकाशित : २०७८ वैशाख २३ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI