रहेनन् गायक प्रेमध्वज प्रधान

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २३ गते १४:३४
रहेनन् गायक प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको मृत्यु भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको आज दिउँसो साढे १ बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।

वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।

प्रकाशित : २०७८ वैशाख २३ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI